हिमाल दैनिक
'मास्टर' को हिन्दी रिमेकमा सलमान खान!
salman-khan-bijay-master-remake
जनवरीमा रिलिज भएको तमिल फिल्म 'मास्टर' को हिन्दी रिमेक बन्ने भएको छ । विजय र विजय सेतुपति स्टारर तमिल फिल्म 'मास्टर' को हिन्दी राइट्स 'कबिर सिंह' का प्रोड्यूसर मुराद खेतानीले ६ करोड भारुमा किनेका छन् । यस फिल्मको हिन्दी रिमेकका लागि कस्टिंगको काम सुरु भएको छ। भारतीय मिडिया 'भास्कार' का अनुसार यस फिल्मको हिन्दी रिमेकमा सलमान खान मुख्य भूमिकामा देखिन सक्ने सम्भावना छ। फिल्मका लागि सलमान खानको नाम अघि आएको छ र मेकर्स सलमानसंग कुरा भईराखेको भास्करले जनाएको छ । रिपोर्टसका अनुसार सलमानलाई फिल्मको कन्सेप्ट मन परेको छ र यस फिल्ममा उनले रुचि देखाएका छन् । अब यस फिल्मको स्क्रिप्ट बन्दै छ। लोकेश कनगराजको निर्देशनमा बनेको 'मास्टर' फिल्म सुपरहिट भएका थियो जसमा विजय मुख्य भूमिकामा देखिएका थिए।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update