हिमाल दैनिक
अक्षयको सूर्यवंशी फेरी एक पटक कोरोनाको चपेटा
sooryavanshi
बलिउड अभिनेता अक्षय कुमारको 'सूर्यवंशी' फेरी कोरोनाको चपेटामा पर्ने भएको छ । अप्रिल ३० मा रिलिज हुने भनिएको अक्षय कुमार र कट्रिना केफ स्टारर फिल्म फेरी एक पटक रोकिएको छ। पछिल्लो समय भारतमा कोरोनाको कहर बढ्दै गएको छ। मुम्बई अहिले राति ८ बजे देखि बिहान ७ बजे सम्म नाइट कर्फ्यु र विकेन्ड लकडाउन ३० अप्रिलसम्म बढाएको छ। जसका कारण फिल्मको रिलिज डेट फेरी एक पटक पछि सारिएको छ। रोहित शेट्टीद्वारा निर्देशित सुर्यवंसी गत बर्षको २४ मार्चमा रिलिज गर्ने भनिएको थियो। तर कोरोनाको कारण भारतमा लकडाउन भएपछि फिल्मको डेट पछि सारिएको थियो । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update