हिमाल दैनिक
'चालबाज इन लन्डन'मा श्रद्धा कपूर डबल रोलमा देखिने
chaal-baaz-in-london-shraddha-kapoor
भूषण कुमार र कृष्ण कुमारले आफ्नो ब्यानर टी-सीरीजबाट नयाँ फिल्म 'चालबाज इन लन्डन' को घोषणा गरेका छन् । यस फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर पहिलो पटक डबल रोलमा देखिने भएकी छिन्। सन् १९८९ मा श्रीदेवीको डबल रोलको भूमिका निभाएकी फिल्म 'चालबाज़'का निर्देशक पंकज पाराशरले नै यो फिल्म निर्देशन गर्न छन्। तर, यो फिल्म रिमिक हो वा सिक्वेल हो भन्ने बारे अहिलेसम्म खुलाइएको छैन। अहमद खान र उनकी श्रीमती शायराले चालबाज इन लन्डन निर्माण गर्ने छन्। सन् २०२० मा अहमदले श्रद्धासंग 'बागी ३'को प्रोड्यूसर भएर काम गरेका थिए। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update