हिमाल दैनिक
बलिउडमा कोरोनाको कहर: कटरीना कैफमा पनि देखियो कोरोना
katrina-kaif
बलिउड अभिनेत्री कटरीना कैफलाई पनि कोरोनाको संक्रमण देखिएको छ। कटरीनाले आफ्नो समजित संजाल मार्फत आफुलाई कोरोना भएको जानकारी दिएकी हुन्। उनले आफु अहिले होम क्वारिनटाईनमा बसेको बताएकी छिन्। उनले आफ्नो सम्पर्कमा आएको सबैलाई कोरोना परिक्षण गर्न आग्रह गरेकी छिन्। यस अघि उनको रूमर्ड ब्वाईफ्रेन्ड बिक्की कौशललाई कोरोना देखिएको थियो। बिक्कीलाई कोरोना देखिएको २४ घण्टापछि कटरीना पनि संक्रमण भएकी छिन्। पछिल्लो एक हप्ता बलिउडमा कोरोनाको कहर चलेको छ। धरै बलिउड अभिनेता र अभिनेत्रीहरु कोरोनाको चपेटामा परेका छन्। पछिल्लो ३ दिन यता अक्षय कुमार, गोबिन्द, विक्की कौशल, भूमि पेडणेकर, कनिका मान, अभिजीत सावन्त, नारायणी शास्त्री, राजवीर सिंह, राजन शाही र अबरार काजीमा पनि कोरोना पुष्टि भएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update