हिमाल दैनिक
सरोकारवालाहरुले बिना तयारी कोरोना महामारीलाई देखाएर तत्काल बिद्यालय बन्द नगर्र्न सरकारलाई सुझाव दिएका छन् । साथै उनीहरुले बिद्यालय बन्द गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाइ दिनुपर्ने समेत बताएका छन् । सोमबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले दूरशिक्षाको अनुभव हेर्दा अहिले कुनै पनि हालतमा विद्यालय बन्द गर्न नहुने बताए । त्यस्तै उनले आवश्यक सम्पूर्ण सतर्कता अपनाएर भौतिक रूपमै कक्षा सञ्चालन गर्नुपर्ने बताए । अध्यक्ष थापाले उपत्यका केहि बिद्यालयको भ्रमण गर्दा स्वास्थ्य सावधानि अपनाएको नपाइएको भन्दै सरकारले यसमा अनुगमन गर्नुपर्ने सुझाव दिए । त्यस्तै प्याव्सनका अध्यक्ष टिकाराम पुरी बिहान र दिउँसो गरेर बिद्यालयलाई सञ्चालन गर्नुपर्ने, स्वास्थ्य मापदण्डलाई बिशेष ध्यान दिनुपर्ने बताए । उनले दैनिक करिव ३ सय हाराहारीमा कोरोना संक्रमित देखिएकाले अहिले नै बिद्यालय गर्नुपर्ने अवस्था नरहेको बताए । उनले बिद्यालय बन्द गर्ने अधिकार अवस्था हेरेर स्थानीय तहलाई दिनुपर्ने उल्लेख गरे । नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक व्याञ्जुले बालबालिकाको स्वास्थ्य जोखिममा पारौं भन्ने नरहेको भन्दै विद्यालय तहको विषयमा निर्णय गर्ने अधिकार स्थानीय सरकारलाइ रहेको जिकिर गरे। शिक्षामन्त्री अनुपस्थित भएपछि बैठकको नेतृत्व शिक्षासचिव रामप्रसाद थपलियाले सरकारले लिने निर्णयमाा सरोकारवालाहरुको सुझाव महत्वपूर्ण हुने बताए । उनले बिद्यालय बन्द गर्नुपर्ने अवस्था आए पुन सरोकारवालासंग छलफल गरिने उल्लेख गरे । कोरोना जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले तीन साता बिद्यालय बन्द गर्ने सुझाव दिएपछि शिक्षा मन्त्रालयले सरोकारवालासंग छलफल गरेको हो । तयारीबिना नै सरकारले बिद्यालय बन्द गर्न लागेको भन्दै सरोकारवालाहरुले विरोध गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update