हिमाल दैनिक
स्वास्थ्य मन्त्रालयले आज कोरोना सङ्क्रमण बढेका १४ जिल्लामा विद्यालय नजान अपिल गरेको छ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले आज 'आफ्नो ज्यान आफै जोगाऊ' भन्ने आशयको विज्ञप्ति जारी गर्दै काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरेको छ। मन्त्रालयले अबका दिन सङ्क्रमण प्रभावका हिसाबले निकै नै चुनौतिपूर्ण हुनसक्ने भएकाले सबै नागरिक तथा सरोकारवाल निकाय सचेत हुँदै संवेदनशिल रुपमा जिम्मेवार बन्न पनि आग्रह गरेको छ । सरकारको यस्तो गैर-जिम्मेवारीपूर्ण निर्णयले शैक्षिक क्षेत्र नै अस्तब्यस्त बनाएको छ । यो विज्ञप्तिले अब स्कुल संचालकहरुले स्कुल चलाउने वा नचलाउने, शिक्षकहरु पढाउन कक्षामा जाने वा नजाने र अभिभावकलाई भने आफ्नो बच्चा स्कुल पठाउने वा नपठाउने भन्नेमा अन्योल बनाएको छ । यस अघि अहिले देखा परेको नयाँ प्रकारको कोरोनाले बच्चाहरु बढी देखिएपछि स्कुल एक महिनाका लागि बन्द गर्न मन्त्रालयले शिफारिश गरेको थियो। तर, तयारीबिना नै सरकारले बिद्यालय बन्द गर्न लागेको भन्दै प्याब्सनले विज्ञप्ति निकाल्दै यसको खण्डन गरेको थियो र अहिले स्कुल बन्द नगर्ने निर्णय गरेको थियो। यस अघि सोमबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसंग गरेको छलफल कार्यक्रममा बिना तयारी कोरोना महामारीलाई देखाएर तत्काल बिद्यालय बन्द नगर्र्न सरकारलाई सुझाव दिएका थिए । उनीहरुले बिद्यालय बन्द गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाइ दिनुपर्ने समेत बताएका थिए ।

दायित्व र जिम्मेवारीबाट पन्छिदै सरकार, ‘आफ्नो ज्यान आफै जोगाऊ’ आशयमा सरकार!

पछिल्लो समय राजनीतिक उतार-चढ़ाव देखिएसंगै सभा सम्मेलन गोष्ठी, भिडभाड गर्ने, गराउने सुचीमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी पंक्ति सबैभन्दा अग्र मोर्चामा उभिदै आएको छ । केहि समय अघि मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन सर्वसाधारणलाई आग्रह गरेतापनि सोहि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीले भने मन्त्रालयको आग्रहको दज्जिया उडाउदै दिनु जस्तो सभासम्मेलन, भेला र उद्घाटन गर्नमा नै ब्यस्त छन् ।

थप पढ्नुहोस्:

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update