हिमाल दैनिक
किन हटाए कारण जोहरले कार्तिकलाई दोस्ताना २ बाट?
kartik-aryan-karan-johar
बलिउड अभिनेता कार्तिक अर्यानलाई कारण जोहरको धर्म प्रोडक्सनद्वारा निर्माणाधीन फिल्म दोस्ताना-२ बाट हटाएको छ । भारतीय संचार मध्यमका अनुसार धर्मा प्रोडक्सनले अब कहिलै पनि कार्तिकसंग काम नगर्ने बताएको छ। शुक्रबार धर्माले स्टेटमेन्ट जारी गर्दै अब दोस्ताना-२को कस्टिंग फेरी हुने बताएको छ। उक्त स्टेटमेन्टमा प्रोफेशनल परिस्तिथिका कारण प्रोडक्सन यस कुरामा मौन रहने र फिल्मको कस्टिंग पूर्ण गर्ने बताइएको छ । यस फिल्मको निर्देशन भने कोलीन डिचुन्हाले नै गर्ने छन्। दोस्ताना-२ फिल्मको पहिलो शेड्यूल भईसकेको छ । फिल्मको २० दिनको सहित भईसकेको छ। कार्तिकले २०१९ मा इन्स्टाग्रामबाट धर्माको दोस्ताना-२ मा काम गर्ने बताएका थिए। उनले गोवा भएको शुटको फोटो पनि सामाजिक संजालमा पोस्ट गरेका थिए जहाँ उनि संग जान्हवी कपूर पनि थिइन् । खबरका अनुसार कार्तिक गुन्जन सक्सेना-द कारगिल गर्लका निर्देशक शरण शर्माको फिल्ममा काम गरि रकेका छन् जुन कारणलाई मान परेको थिएन। त्यस्तै संचार मध्यमहरुमा यो निर्णयको पछि कार्तिक र जान्हवी कपुरको ईगो क्‍लैश हरेको बताइएको छ । जसका कारण कार्तिकले यो फिल्म गर्न टाल्दै आइराखेका थिए। अब चाडै नै कार्तिक धमाका फिल्ममा देखिदै छन् । त्यस्तै उनि भुल भुलैया-२ फिल्ममा कियरा अडवाणी र तब्बुसंग देखिने छन्। एजेन्सीको सहयोग
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update