कांग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दै
                        
                        
                                                
                                            
                                                
                        नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बस्ने भनेको केन्द्रिय समितिको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको थियो। महाधिवेशनको कार्यकतालिकामा हेरफेरका लागि आन्तरिक छलफल गर्नुपरेकाले बैठक स्थगीत गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिएएका थिए ।
हिजो कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल बीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलपछि तयारी नपुगेको भन्दै आज दिउँसो ४ बजे बस्ने गरि हिजोको बैठक स्थगित भएको थियो । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ । पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।
                        
                    
                प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

