१४९ सांसदको हस्ताक्षर सहित देउवा शितल निवासमा
राष्ट्रपतिले दिएको समय नसकिंदै संसदमा रहेको १४९ सांसदहरुको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर सहित बिपक्षी दलका नेताहरु शितल निवासमा गएका छन्। सिंहदरबारको कांग्रेस संसदीय दलमा बसेको कांग्रेस माओवादी र सत्तारूढ दल एमालेको असन्तुष्ट पक्ष संबिधानको धारा ७६ को ५ बमोजिम राष्ट्रपतिले दिएको समय सिमा सकिनुभन्दा दुई घण्टा अघि नै गठबन्दनले कुल १४९ सांसदहरुको हस्ताक्षर लिएर राष्ट्रपति निवासमा गएका छन् ।
प्रधानमन्त्रीले संबिधानको धारा ७६ को ३ बमोजिम बनेको सरकारको नेतृत्व गरेका केपी ओलीले ७६ को ४ बमोजिम विश्वासको मत नलिईकन एकै चोटी ७६ को ५ बमोजिम सरकार गठन गर्न शिफारिस गरेको आधारमा राष्ट्रपतिले आह्वान गरेपछि त्यसको संवैधानिक र कानुनी चर्को अलोचन हुँदै आइराखेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय