हिमाल दैनिक
एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन
krishna-gopal-shrestha
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले यस बर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको भन्दै बिभिन्न बिकल्पमा छलफल भइरहेको जनाएको छ । सोमबार सिंहदरबारमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दोश्रो चरणको कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन हुदै गएको बताए । उनले एसईई परीक्षाका बिषयमा मन्त्रालयले बिभिन्न बिकल्पमाथि छलफल गरेको र छिटै टुङ्गो लाग्ने समेत बताए । उनले एसईई र कक्षा १२ को परीक्षाका बिषयमा छलफल गर्न मन्त्रालयले कार्यदल गठन गरेको र कार्यदलको सुझावका आधारमा छिटै निर्णय लिइने जानकारी दिए । त्यस्तै शिक्षा क्षेत्रको सुधारका लागि बजेट थप गर्ने लगाएतका अन्य बिषयमा पनि सरकार गम्भीर रहेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै अखिलका संयोजक ऐन महरले विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्न माग गरे । १३ बुँदे ज्ञापन पत्रमा भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शुल्क मिनाहा गर्नुपर्ने, विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गर्नुपर्ने, असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्नुपर्ने लगाएतका माग राखिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update