हिमाल दैनिक
अजय देवगन 'भुज : द प्राइड अफ इंडिया' का अन्तिम शेड्यूल शूट गर्दै
bhuj-ajay-devgan
बलिउड अभिनेता अजय देवगनले 'भुज : द प्राइड अफ इंडिया' को शुटिंग जुन २८ गते देखि सुरु गर्ने भएका छन् । भारतीय संचार मध्यमका अनुसार 'भुज : द प्राइड अफ इंडिया' को शुटिंगको अन्तिम शेड्यूल मुम्बईको गोरेगाउँ स्थित फिल्मसिटिमा हुनेछ । सो शुटिंगमा एक्सन सिन शुट हुने बताइएको छ । 'भुज : द प्राइड अफ इंडिया' फिल्म सन १९७१ मा भारत-पाकिस्तानको युद्धको समय को बारेमा रहेको छ । अजय यस फिल्ममा त्यस युद्धमा भुज एयरपोर्टका स्क्वाड्रन लीडर विजय कार्णिकको भूमिका देखिनेछन् । पाकिस्तानले तोडेको भुज एयरपोर्टलाई कार्णिकले ३०० महिला को मद्दतले पुननिर्माण गरेका थिए । यो फिल्मका निर्देशक अभिषेक दूधिया रहेका छन् भने यस फिल्ममा संजय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेहीम शरद केलकर, एमी विर्क र महेश शेट्टी मुख्य भूमिकामा रहेका छन्।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update