बर्षाले चितवन डुवानमा

लगातारको बर्षाका कारण चितवनको अधिकांश क्षेत्र डुवानमा परेका छन् ।
चितवनको प्राय सबै खोलामा पानीको स्तर खतराको लेभलमा पुगेको छ । पुर्वी चितवनको टाँडी देखि पूर्वमा जाने सडक पनि केहिबेर अवरुद्ध भएको थियो ।
लगातार परि रहेको पानीका कारण बुढी राप्ति खोलामा आएको पानीका कारण बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले बाढी पहिरोको जोखिम क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । कार्यालयले बिहिबार एक सूचना जारी गरी बाढी, पहिरो, नदि कटान र डुबानको दृष्टिकोणले उच्च जोखिममा रहेका विभिन्न स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन वा जान अनुरोध गरेको हो ।
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय