कांग्रेस क्रियाशिल सदस्यता बितरणमा देखियो समस्या सहमतिमा नै टुङ्गियो
                        
                        
                                                
                                             
                                                
                        महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशिल सदस्यता बितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशिल सदस्यता बितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने सहमति भएको हो ।
क्रियाशिल सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको कांग्रेस नेता एवं क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।
त्यस्तै अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने उनको भनाई छ । उनका अनुसार हालसम्म ४ लाख सदस्यले नविकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ । उनले क्रियाशिल सदस्यताका बारेमा अव कुनै समस्या नरहेको जानकारी दिए ।
उनले तोकिएको समयमा नै महाधिवेशन र अन्य जिल्ला अधिवेशन हुने जानकारी पनि दिए ।
                        
                    
                प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    