झाझ खोलामा आएको बाढीले गौर डुवानमा

रौतहटको गौरमा स्थानीय झाझ खोलामा आएको बाढीका कारण गौर डुवानमा पर्न थालेको छ ।
खोलाको पानी गौर प्रवेश गर्न लागेपछी सर्वसाधारणहरु त्रसित समेत बन्न थालेका छन् । वागमती तथा लालबकैया नदीमा पानीको सतह बढदै गएपछी स्थानीय झाझ खोलामा पानी बढदै्र जाँदा खेतीयोग्य जग्गा तथा सदरमुकाम गौरमा जाने गरेकोले पानीको बहाव बढेको हो ।
झाझ खोलाको पानी दिउँसो ४ बजे देखी गौरमा पस्न थालेको छ । जसका कारण गौरको वडा नम्बर २ , ५, ९ लगायतको वडा अहिले डुबानमा पर्न थालेको छ । नेपाल भारत सीमा क्षेमा रहेको गौर स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट समेत बाढीले गर्दा शसस्त्र प्रहरीले अन्यन्त्र स्थानमा सारिएका छन् । अहिले शसस्त्र प्हरीको बोर्डर आउट पोष्टमा चार फिट पानी रहेको छ । यस्तै गौर पिपरा सडक खण्डको गौर नगरपालिका ९ सिर्सिया टोलमा बाढीको पानीले सडक पार गर्दे बहिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय