एमालेको विवाद आज पनि टुंगिएन, बैठकमा बिष्णु पौडेल र एजेण्डाले प्रवेश पाएनन!
                        
                        
                                                
                                             
                                                
                        नेकपा एमाले कार्यदलको साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि सकिएको छ ।
सिंहदरबारमा बुधबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएका कारण एजेण्डामा प्रवेश नै नगरि सकिएको हो ।
बैठक शुक्रबार ११ बजे पुन बस्ने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य घनश्याम भुसालले पछिल्लो छलफलहरूबाट कुनै प्रगति हुन नसकेको बताए । उनले अनौपचारिक हिसावले तय भएका एजेण्डामाथि १० दिनदेखि खास प्रगति नभएको बताए।
त्यस्तै कार्यदल सदस्य सुवास नेम्वाङले विवादीत बिषयमा छलफल र सहमतिको प्रयास जारी रहेको बताए । नेम्वाङले शुक्रबार बैठकले निश्कर्ष निकाल्नेमा आशावादी रहको धारणा राखे।
यसअघि बिहीबार बिहान बसेको कार्यदल बैठकपछि नेताहरुले बिहीबार नै कार्यदलमा सहमति जुट्न सक्ने बताएका थिए । तर दिनभरीको आन्तरिक छलफलमा दुई पक्षबीच कुरा मिल्न नसकेको बताइएको छ ।
                        
                    
                प्रकाशित मिति: बिहीबार, असार २४, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    