नेता नेपालको कम्युनिस्ट विचारबाट अघि बढ्ने संगठन: पिपुल्स भोलेन्टियर
                        
                        
                                                
                                             
                                                
                        नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सत्य र न्यायको पक्षमा रहेकाहरु अत्तिनु नपर्ने बताउनुभएको छ ।
बिहीबार भक्तपुरमा पुष्पलाल स्मृती दिवसको सन्दर्भमा आयोजित पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रममा नेता नेपालले सत्य र न्यायको पक्षमा रहेकाहरु आतिनु नपर्ने र अन्त्यमा सत्यको जीत हुने बताएका हुन् । पार्टीको नेतृत्व गलत भएका कारण समस्या आएको बताउदै नेता नेपालले अहंकारको घोडा चढेको बादशाहलाई घोडाबाट उत्रनुपर्ने अवस्था आए वास्तविकताको ज्ञान हुने धारणा राखे ।
नेता नेपालले भविष्य युवा नेताहरुको जिम्मामा रहेको बताउदै क्रान्तिकारी पार्टी अघि बढाउने जिम्मा पनि युवाहरुको भएको बताए । जनताका बीचमा आत्मालोचना गरेर मैलो धुलो टक्टक्याएर अघि बढ्यो भने जनताले पत्याउने कम्युनिष्ट पार्टीलाई नै भएको उनको भनाई छ । नेपालले नेपाल कम्युनिष्ट पार्टी एकता गर्दा जुन सोच राखेर अघि बढेको हो त्यो हुन अझै नसकेको तर्क गरे ।
एमाले नेता नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका थिए । उनले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा एक हजार एक सदस्यीय पिपुल्स भोलिन्टयर्स घोषणा गरे ।
                        
                    
                प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    