कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा
                        
                        
                                                
                                            
                        प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेपछि आज कांग्रेसको बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दैछ ।
बिगत लामो समय देखि बिभिन्न दल र पार्टी नेतृत्वमा रहेको सरकारले पार्टी कार्यलयको सट्टामा बालुवाटारलाई नै पार्टी कार्यालय जस्तै गर्दै आएपछि त्यसको चौतर्फी बिरोध भएको थियो ।
त्यही क्रम प्रधानमन्त्री बन्न पुगेका प्रधानमन्त्री देउवाले साउन १ गते पार्टीको बैठक बालुवाटारमा राखेपछि त्यसको चौतर्फी आलोचना भएको थियो । विभिन्न माग राख्दै केहि जिल्लाका नेता तथा कार्यकर्ताहरुले धर्ना र घेराउ राखेका कारण आफुले चाहेर पनि पार्टी कार्यालयमा बैठक राख्न नसकेर बालुवाटारमा गरेको भएपनि आम जनताको जनचासोलाई ख्यालमा राख्दै देउवाले अब अप्रान्त पार्टीको बैठकहरु बालुवाटारमा नगर्ने र बैठक पार्टी कार्यालय वा सभापति निवास वा अन्यन्त्र कतै गर्न व्यवस्था मिलाएको जानकारी महामन्त्री पूर्णबहादुर खड्काले हिजो मात्रै सार्बजनिक गरेका थिए।
आजको बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरबदल गर्ने बारे आन्तरिक छलफल चलिराखेको छ । तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही साउन १२ गतेदेखि शुरु गर्नेगरी कार्यतालिका बनाए पनि सो कार्यतालिका प्रभावित हुने निश्चित भएपछि पदाधिकारीको बैठक बस्न लागेको हो ।
                        
                    
                प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    