हिमाल दैनिक
श्रेष्ठको नियुक्तिसंगै सामाजिक संजालमा उठेका प्रश्न र व्यवसायिक क्षेत्रको दृष्टिकोण
umesh-shrestha-twitter-view
गण्डकी प्रदेश सरकारको विस्तारसँगै केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेसँगै कतिपय संचार माध्यममा मात्र होइन स्वयं सत्तारुढ नेपाली कांग्रेसकै कतिपय नेता, कार्यकर्ताले पनि सामाजिक सञ्जालमार्फत गम्भीर असहमति प्रकट गरेका छन्। निजी विद्यालय, अस्पताल, कृषि फर्म र जलविद्युत क्षेत्रमा लगानी गर्दै आफूलाई एक सफल उद्यमीको रुपमा स्थापित गर्न सफल श्रेष्ठको नियुक्तिको विषयलाई लिएर जति आम सर्वसाधारणबाट आलोचना भइरहेको छ त्यो भन्दा ज्यादा कांग्रेसभित्रैबाट ज्यादा आलोचना भएको छ। पार्टी नेतृत्वको हरेक कदममा चर्को आलोचना गर्दै आएका कतिपय नेताहरु श्रेष्ठको विषयमा मौन देखिएपनि कतिपय कार्यकर्ताको भन्दा ज्यादा क्रान्तिकारीपन देखाउनेको सूचिमा ढिलै भएपनि महामन्त्री खड्काले आफूलाई खडा गरेका छन्।

समाजिक सञ्जालसँगै बहकिए कांग्रेस महामन्त्री खड्का


उनले सोमबार साँझ आफ्ना फेसबुक र ट्वीटरबाट आपत्ति प्रकट गर्दै नेतृत्वलाई निर्णय सच्याउन र भविश्यमा यस्ता त्रुटि नदोहोर्याउन मात्र होइन पार्टी पदाधिकारीका तर्फबाट क्षमा समेत मागेका छन्। यसैगरी कांग्रेस नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयका रुपमा परिचित सामाजिक विकास केन्द्रका प्रमुख कमल रिजालले ट्वीटरमार्फत श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको समाचार बढेर निशब्द र स्तब्ध भएको भन्दै ‘गरौँ गरौँ स्वास्थ्य र शिक्षा क्षेत्रको व्यापरिकरण सुनिश्चित गरौं...’ भनि कटाक्ष गरेका छन्।  त्यसैगरी केन्द्रीय सदस्य चन्द्र भण्डारीले श्रेष्ठको नामै नलिइकनै सभापति देउवालाई शासन होइन इतिहास रच्न सुझाव दिएका छन्। कतिपय अनलाइन मिडियाले समेत श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरेको विषयलाई नकारात्मक कदमकै रुपमा चित्रण गरेका छन्।  तर, श्रेष्ठको नियुक्तिको विषयलाई लिएर देशका प्रतिष्ठित उद्योग व्यवसायीले भने स्वागत गरेर आफ्नो समुदायको बचाउ गरेका छन्। यसरी श्रेष्ठको नियुक्तिबाट खुशी हुनेको सूचिमा प्रतिष्ठित उद्योग व्यवसायी तथा कांग्रेस सांसद समेत रहेका विनोद चौधरीले कांग्रेको लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रीय विशेष समितिका सहसंयोजक तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो योगदान गर्नु भएका माननीय उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई जापन गर्दै सफलताको कामना गर्दछु भनेका छन्। त्यसैगरी उद्योग व्यवसायी पशुपति मुरार्काले श्रेष्ठको नियुक्तिबारे सामाजिक संजालमा आएका नकारात्मक टिप्पणीप्रति असहमति जनाउँदै भनेका छन्, ‘पत्रकार, वकिल, डाक्टर, पूर्व प्रशासक मन्त्री बन्न हुने, व्यापारी किन नहुने?’ भनि प्रश्न गरेका छन्। बरिष्ठ कानुन व्यवसायी सुनिल पोख्रेलले मन्त्रीको योगेता बारे गम्भीर प्रश्न उठाउदै धनि भएर मन्त्री हुनेकी मन्त्री भएर धनि हुने भन्दै प्रश्न उठेका छन् । यसैगरि पत्रकार नारायण वाग्लेले प्रदेश र संघीय सरकारमा भएको मन्त्री चयनको विरोधमा नेतृत्वविरुद्ध खबरदारी गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८