हिमाल दैनिक
बाढीका कारण हेलम्बु र मेलम्चीका स्थानीयहरु त्रासमा बस्न बाध्य
helambu-melamchi
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीका कारण जोखिम कायमै रहेपछि स्थानीयहरु त्रासमा बस्न बाध्य भएका छन् । गत असार १ गते पछि पटक पटक लेदोसहितको बाढी आएपछि स्थानीयहरु त्रासमा बस्न बाध्य भएका हुन् । पटक पटक आएको बाढीले स्थानीयहरुको घर टहरालाई बगाउने गरेको स्थानीयहरुको भनाई छ । त्यस्तै हेलम्बु र मेलम्चीमा बाढीले कटान गरेको र अन्य घरहरु पनि बगाउने अवस्थामा रहेको उनीहरुले गुनासो गरेका छन् । बाढीका कारण हेलम्बु र मेलम्ची जोड्ने पुल पनि बगाउदा आवतजावतमा नै समस्या भएको छ । नदीको धार परिवर्तनमा सरकारले सहयोग गरे पुरिएका घरमा बस्न सकिने स्थानीयवासी बताउँछन् । उनीहरुको कुरा सरकारले नसुनेको गुनासो छ । यसैबीच कांग्रेस नेता मोहन बस्नेतले बुधबार हेलम्बु र मेलम्चीमा बाढीपिडितलाई राहत हस्तान्तरण गरे । सो क्रममा उनले छिटो भन्दा छिटो बेलिब्रिज निर्माण गरेर आवतजावतलाई सहज गर्नुपर्ने धारणा राखे । उनले हेलम्बु र मेलम्चीका पिडितहरुका लागि राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो । स्थानीयहरु स्थायी वा अस्थायी आवास निर्माणको पहल नथालेको भन्दै आक्रोशित छन् ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update