हिमाल दैनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । परिक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रेजिष्ट्रेशन फारम भरेकोमा ४ लाख ७४ हजार २ सय ७८ जना बिद्यार्थीहरुको नतिजाप्रमाणीकरण गरेर सार्वजनिक गरिएको बोर्डका परिक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए । उनले मार्कसिटलाई जिल्लामा पुराउने र अहिले भने बिभिन्न माध्यमबाट आफ्नो नजिता हेर्न सक्ने जानकारी दिए । यस्तै बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत भएको बोर्डले जनाएको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update