हिमाल दैनिक
'फाइटर' मा ऋतिक रोशन र दीपिका पादुकोण एक साथ
fighter-hrithik-roshan-deepika-padukone
फाइटर फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण साथ देखिने भएका छन् । पछिल्लो समय बलिउडमा फाइटर फिल्मलाई लिएर निकै चर्चा भईराखेको थियो । यस फिल्ममा पहिलो ऋतिक र दिपिका पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन्। त्यस्तै फिल्मको शुटिंग सुरु हुनु अघि नै यसको रिलिज डेट पनि सार्वजनिक भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको फिल्म सन् २०२३ को २६ जनवरी मा रिलिज हुनेछ। यस भन्दा अघि यो फिल्म २०२२ मा नै रिलीज गर्ने तयारी गरिएको थियो तर अहिले फिल्मको रिलिजको डेट एक बर्ष सारिएको छ । ऋतिकले दीपिका र सिद्धार्थसंग फोटोज सामाजिक संजालमा शेयर समेत गरेका छन्।
 
View this post on Instagram
 

A post shared by Hrithik Roshan (@hrithikroshan)

भारतीय संचार मध्यमका अनुसार यो फिल्ममा दर्शकहरुले हवाई एक्शन र फाइटिंग सीनको मज्जा लिन पाउनेछन्। त्यस्तै यो भारतको पहिलो एरियल एक्शन फिल्म रहेको बताइएको छ। यस अघि ऋतिक निर्देशक सिद्धार्थ आनन्दसंग यस भन्दा अघि 'बैंग बैंग' र 'वार' मा काम गरिसकेका छन् दुवै फिल्म बक्स अफिसमा हित भएको थियो।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update