हिमाल दैनिक
भन्सालीको हिरामन्दीमा २० बर्ष पछि माधुरी र रेखा एक साथ
madhuri and rekha
बलिउडका निर्देशक संजय लिला भन्सालीले केहि समय अघि आफ्नो मेगा बजेट प्रोजेक्ट 'हिरामन्दी' को घोषणा गरेका छन् । भन्सालीको यो वेब सिरिज नेटप्लिक्समा रिलिज हुने बताइएको छ । यस वेब सिरिजमा हुमा कुरेसी र सोनाक्षी सिन्हा जस्ता अभिनेत्रीहरुको नाम अघि आएको छ। तर, मेकर्सबाट भने यसको अधिकारिक पुष्टि भने भएको छैन । अहिलेसम्म स्टार कास्टको बिषयमा कुनै पनि खुलासा भएको छैन । अब यस संग सम्बन्धित अर्को खुलासा भएको छ । भारतीय संचार मध्यमका अनुसार हिरामन्दीमा माधुरी दिक्षित र रेखा एक साथ देखिन सकिने बताइएको छ। यस भन्दा अघि यी दुई अभिनेत्री लज्जा फिल्ममा देखिएकी थिइन्। ओटीटी प्लेटफर्मको मध्यमबाट २० बर्ष पछि दर्शकहरुले माधुरी र रेखालाई हिरामन्दीमा एक साथ देखिन सक्ने सम्भावना छ ।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update