हिमाल दैनिक
टाइगर-३ को शुटिंगमा व्यस्त सलमान खान, पहिलो लुक सार्वजनिक
salman-khan-tiger-2
बलिउड अभिनेता सलमान खानले टाइगर-३ को शुटिंग गरिराखेका छन् । सन् २०१२ मा रिलिज भएको फिल्म एक था टाइगरको तेस्रो सिक्वेलका लागि सलमान शुटिंग गरिराखेका हुन् । टाइगर-३ को शुटिंग अहिले रसियामा भईराखेको छ । शुटिंगका क्रममा टाइगर-३ को उनको पहिलो लुक पनि सार्बजनिक भएको छ। यस अघिको दुई पार्टमा सलमान रअ एजेन्ट टाइगरको भूमिकामा देखिएका थिए । फिल्मको शुटिंगबाट सलमानको एक तस्बिर लिक भएको छ जसमा उनि गोल्डेन रङको दारी र लामो कपालमा देखिएका छन् । रसियामा जारी शुटिंगको फोटोहरु लगातार सामाजिक संजालमा पोस्ट भईराखेको छ । फोटोमा देखिए अनुसार सलमान चेक शर्ट र डेनिममा देखिएका छन् भने उनको टाउको रातो कपडाले ढाकिएको छ । संचार मध्यमका अनुसार शुटिंगमा सलमानका भाई सोहिल खानको छोरा निर्वान पनि उनिसंगै छन् । शुटिंगका लागि सलमान शुक्रबार कटरीना कैफसंग रसिया पुगेका थिए । मनिष शर्माको निर्देशनमा बनेको यस फिल्ममा दर्शकहरुले टाइगर र जोयाको दमदार एक्सन देख्न पाउनेछन् । जसका लागि सलमान र कटरीनाले केहि महिना अघिबाट ट्रेनिंग गरिराखेका छन् । त्यस्तै यस फिल्ममा इमरान हाश्मी पनि मुख्य भूमिकामा देखिने छन् । इमरानको इन्ट्रीलाई धमाकेदार बनाउन निर्माताहरुले कुल १० करोड रुपैया खर्च गरेको बताइएको छ । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update