पोखराको सेलवेज अगाडीको सडक भाँसियो

पोखरामा साँझ देखि अविरल वर्षा भएको छ । साँझ ७ बजे देखि परेको पनि करिब ३ घण्टा देखि लगातार पर्दै गएको छ । यसैबीच पोखरामा सडक पुन: एक चोटी फेरी भाँसिएको छ ।
आइतबार साँझ संजय कुमार मल्लले आफ्नो सामाजिक संजाल मार्फत तस्बिर सार्बजनिक गरिएका थिए । जसमा महेन्द्रपुल स्थित रहेको सेलवेज गेटको ठिक पारी रहेको गरिमा विकास बैंक अघिको सडक भाँसिएको छ । उक्त फोटोमा टाटा न्यानो फसेको देख्न सकिन्छ । उनले उक्त फोटो राख्दै त्यस तर्फबाट जाने पदल यात्रु र सवारी साधनहरुलाई सतर्कता अप्नाउन अपिल गरेका छन् ।
बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिभागका अनुसार तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय