एमालेको स्थायी कमिटी बैठक बस्दै, बैठकमा धारका नेताहरु पनि सहभागी हुने
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ।
नेकपा एमालेले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने बिषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बोलाएको हो ।
यस अघि हिजो एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका नेताहरुबीचको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गर्ने निर्णय भएको थियो । जस अनुरुप आज स्थायी कमिटि बैठक बस्दैछ ।
आजको बैठकमा तेश्रो धारका नेताहरु पनि सहभागी हुनेछन् ।
माधव नेपाल पक्षको अर्कै पार्टी दर्ता गर्ने प्रक्रियामा रहेकाले अव अन्य नेताहरुलाई एमालेमा नै आउन आह्वान गरिएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए । उनले स्थायी कमिटीले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने बताएका थिए ।
त्यस्तै तेश्रो धारमा उभिएका नेता योगेश भट्टराईले पार्टीलाई समान व्यहार गर्ने र पुरानै जिम्मेवारी दिने तथा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गर्दै पार्टीलाई एकतावद्ध गर्ने बिषयमा सहमति भएको बताएका थिए । स्थायी कमिटी मार्फत नै १० बुँदे सहमति कार्यान्वयनको बाटो तयर गर्ने र केन्द्रीय कमिटी बोलाउने सहमति पनि भएको उनले बताए ।
बैठकमा अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा उत्पन्न जटिलता, संविधानको अपव्याख्या गर्दै मुलुकलाई पश्चगमनतर्फ लैजाने षडयन्त्र भइरहेको बताएका थिए । मुलुकलाई पश्चगमनबाट जोगाउनका लागि पनि एमाले एकतावद्ध हुनुपर्नेमा ओलीको जोड रहेको थियो ।
हिजोको बैठकमा एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगाएतका नेताहरु ओलीसंग छलफल गर्न बालकोट पुगेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय