हिमाल दैनिक
कक्षा १२ को परीक्षा भौतिक रुपमा यथाशक्य चाँडो सञ्चालन गर्न सरकारलाई निर्देशन
shikshya-samiti
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक दुरि कायम गरि कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड र भौतिक दुरि कायम गरि यथाशिघ्र होम सेन्टरमै परिक्षा गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । कक्षा १२ को परिक्षा मात्र पटकपटक स्थगित हुँदा विद्यार्थीहरुको भविष्यप्रतिको चिन्ता थपिनुका साथै मानसिक असर परिरहेको समितिको ठहर छ । सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष समितिको छ । त्यस्तै बैठकले इन्जिनियरिङ कलेजहरुको विवादित शुल्कको विषयमा कोभिड– १९ को संक्रमण कायमै रहेको अबस्थामा अन्य क्रियाकलाप नभएकोले गर्दा पढाई शुल्क बाहेक अन्यशुल्क नलिन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिईन । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर परीक्षाको मिति तय गर्ने बताए । उनले यसअघि नै होम सेन्टर राखेर परिक्षाको सम्पूर्ण तयारी गरिसकेको भन्दै ‘भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न छलफल गरेर सूचना जारी गर्ने जानकारी दिए । यसअघि साउन ३१ गतेदेखि हुने भनिएको परिक्षाको तालिका समेत सार्वजनिक भइरहेको अवस्थामा कोरोनाको जोखिमलाई देखाउदै सरकारले कक्षा १२ को परिक्षा स्थगित गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update