माधव नेपालको चाहनामा ओलीका प्यासीलाई हटाउने तयारी

पूर्ववर्ती सरकारको पालामा आफु खुसि निक्युत गराएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गरिएका प्रदेश प्रमुखहरु एक पछि अर्को गर्दै हटाउने क्रमले निरन्तरता पाउने भएको छ ।
केहि समयअघि गण्डकी र लुम्बिनी प्रदेशको हेरफेर हुँदै बागमती प्रदेशका प्रमुख परिवर्तन भएको केहि दिन लगत्तै सरकारले प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई हटाउने निर्णयको शिफारिस राष्ट्रपति समक्ष पठाउने तयारी गरिराखेको छ । आजै अपरान्ह ३ बजेका लागि तय भएको मन्त्रिपरिषद बैठकमा सत्तारुढ गठबन्धन नेकपा एकीकृत समाजवादीका नेता माधव कुमार नेपालसंग सहमति गरेर प्यासीको ठाउँमा नयाँ ब्यक्तिलाई प्रदेश प्रमुख बनाउने तयारी भईराखेको मन्त्रिपरिषदको उच्च स्रोतले बताए ।
प्यासीको ठाउँमा प्रदेश प्रमुख कसलाई बनाउने भन्ने नाम सार्वजनिक नगरे पनि उक्त स्थानमा नेपालको शिफारिसमा पर्न सक्ने व्यक्तिलाई नै प्रदेश प्रमुख बनाउने सम्भावना बढेर गएको छ ।
यसअघि कांग्रेसको तर्फबाट गण्डकीमा पृथ्वीमान गुरुङ लुम्बिनीमा माओवादीको तर्फबाट अमिक शेरचन, बागमतीमा नेपालको तर्फबाट यादव प्रसाद पौडेललाई नियुक्त गरिएको थियो भने प्रदेश २ मा कांग्रेसका पुराना छोरा राम नारायणका छोरा हरिशरण मिश्रलाई प्रदेश प्रमुखमा नियुक्ति गरिसकिएको छ । ओली सरकारले गरेको प्रदेश प्रमुखको नियुक्तिमा प्रदेश १, कर्णाली र सुदुरपश्चिममा पनि प्रदेश प्रमुख फेरबादलको तयारी अन्तर्गत आज प्रदेश १ मा परिवर्तन हुने तयारी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय