कांग्रेस केन्द्रीय सदस्य गुरुङद्वारा सभापतिमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गएका छन् । उनले आज पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराए ।
पार्टीमा अब युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै उनले एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाए । युवा नेता गुरुङले भने, “अहिले कांग्रेसमा महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन्, यस्तो अवस्थामा नयाँले कहिले अवसर पाउने ?”
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका उनले आफू पार्टी नेतृत्वमा आए पार्टीभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने योजना रहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहज पहँुचयोग्य बनाउने दृढता व्यक्त गरे । उम्मेदवारी घोषणालाई कुनै पनि नेताले सौदाबाजीको साधन बनाउन नहुने धारणा व्यक्त गर्दै उनले आफू जुन पदमा घोषणा गरे त्यही पदमा मात्र उम्मेदवारी दिने विश्वास दिलाए ।
पार्टीको क्रियाशील सदस्यतामा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको अहिलेका नेताबाट सन्तुष्ट हुन नसकेको नेता कार्यकर्ताको आफूलाई सहयोग हुने उनको अपेक्षा थियो । रासस
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल पक्षीय नेताहरुले १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
यसरी पार्टीले हचुवाको भरमा तयार गरेको विधान र अनुसूचीले दलितहरुको प्रतिनिधित्वलाई निस्तेज गरेकोमा केन्द्रिय स्तरका नेतादेखि स्थानीय तहका दलित प्रतिनिधिहरु आक्रोशित बन्दै बिरोधमा उत्रिने तयारी गरिरहेका छन् ।
कांग्रेसको विधान र त्यसका आधारमा तयार गरेको अनुसूचीमा रहेको प्रावधानप्रति गम्भीर आपति प्रकट गर्दै कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष एवम केन्द्रिय सदस्य मीन बिश्वकर्माले दलबाट राजिनामा दिएका छन् ।
निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने पौडल पक्षीय नेताहरुको जोड
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल पक्षीय नेताहरुले १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
उपत्यकाबाट मात्रै एक दर्जनबढी दलित प्रतिनिधि वडाबाट आउने पक्का!
यसरी पार्टीले हचुवाको भरमा तयार गरेको विधान र अनुसूचीले दलितहरुको प्रतिनिधित्वलाई निस्तेज गरेकोमा केन्द्रिय स्तरका नेतादेखि स्थानीय तहका दलित प्रतिनिधिहरु आक्रोशित बन्दै बिरोधमा उत्रिने तयारी गरिरहेका छन् ।
मीन बिश्वकर्माद्वारा दलित संघ र केन्द्रिय सदस्यबाटै राजिनामा
कांग्रेसको विधान र त्यसका आधारमा तयार गरेको अनुसूचीमा रहेको प्रावधानप्रति गम्भीर आपति प्रकट गर्दै कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष एवम केन्द्रिय सदस्य मीन बिश्वकर्माले दलबाट राजिनामा दिएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


