हिमाल दैनिक
वर्षाका कारण काठमाण्डौ उपत्यका डुवानमा
anamnagar-duban
गएरातिदेखि परेको वर्षाका कारण काठमाण्डौ उपत्यकाका अधिकांश स्थान डुवानमा परेको छ । काठमाडौंको अनामनगर, रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको केहि साना गाडी बगाएको प्रहरीले जनाएको छ । त्यस्तै बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ । उपत्यकाका सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । बर्षाका कारण बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । नदीहरुमा पानीको सतह सडक भन्दा माथिसम्म आएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update