हिमाल दैनिक
गृहजिल्लामा कमेडी च्याम्पियनका भरतमणिको भव्य स्वागत
DKL_Phungling-limbu2
कमेडी च्याम्पियन–२  को उत्कृष्ट  (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज भव्य स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल  र्या‍लीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उहाँलाई बजार परिक्रमा गराएको थियो । स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्वःस्र्फूतरुपमा घरको अगाडि घँडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूलमाला, खादा र अबिर प्रदान गरेका थिए । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update