हिमाल दैनिक
छोराको नाम राख्दै ऋचाले भनिन् - 'पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ'
1631203264-wJD6m
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकोमा खुशी व्यक्त गरेकी छिन् । बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत छोरासँगको तस्बिर शेयर गर्दै ऋचाले पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा खुशी लागेको बताएकी छन् । उनले आफ्नो छोरालाई छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने लागेको बताएकी छिन् । उनले छोराको नाम आभ्यान बिक्रम राणा राखेकी छिन् । उनले लेखेकी छिन् - 'आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ।' 'अनेक कुराहरु मनमा खेलिरहेका छन। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।' गएको वर्ष दिपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले गएको बुधबार छोरालाई जन्म दिएकी थिइन् । उनले उमा, लुट लगायतका धेरै चलचित्रमा अभिनय गरेकी छिन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update