हिमाल दैनिक
कंगनाको 'थलाइवी' फिल्म लिक
Thalaivi (1)
बलिउड अभिनेत्री कंगना रनोटको फिल्म 'थलाइवी' यही शुक्रबार देखि रिलिज भएको छ । फिल्म रिलिज भएको दुई दिनमै लिक भएको छ । फिल्मको पायरेटेड वर्जन अहिले धेरै अनलाइन प्लेटफॉर्म मार्फत हेर्न मिलेको छ । यो फिल्मको पायरेटेड वर्जन तमिलरॉकर्स, मूवीरुल्ज र टेलीग्राम जस्ता प्लेटफॉर्ममा उपलब्ध गराइएको छ । यस सम्बन्धमा फिल्मका निर्माताहरुले कुनै अधिकारिक जानकारी भने दिएका छैनन् । तर, यसरी पायरेटेड वर्जन अनलाइनमा उपलब्धभएसंगै निर्माताहरुलाई ठुलो नोक्सान हुने अनुमान लगाइएको छ । 'थलाइवी' तमिलनाडुकि मुख्यमन्त्री जयललिताको बायोपिक हो । एएल विजयको निर्देशनमा भनेको यस फिल्ममा कंगनाले जयललिताको किरदार निभाएकी छिन् । फिल्मको पटकथा केवी विजयेन्द्र प्रसादले लेखेका हुन् । फिल्ममा एमजीआर को भूमिकामा अभिनेता अरबिन्द स्वामी, एम करुणानिधिको किरदारमा प्रकाश राज र जयललिताको आमा संध्याको किरदारमा भाग्यश्री रहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update