हिमाल दैनिक
अन्तिममा सलमानभन्दा पहिला अनिल कपूरलाई अफर!
ANIL-KAPOOR-AND-SALMAN-KHAN-1024x723
बलिउड अभिनेता सलमान खानको फिल्म 'अन्तिम: द फैनल ट्रुथ' लाई लिएर अहिले बलिउडमा चर्चाको बिषय बनेको छ । गणेश चतुर्थीमा अन्तिमको एक गीत रिलिज भएको थियो । विघ्नहर्ता नाम गरेको उक्त गीत अहिले युटुबमा ट्रेन्ड गरेको छ । https://www.youtube.com/watch?v=2coYBKMieO0 यस फिल्म सम्बन्धमा अहिले बिभिन्न खबरहरु बाहिर आएका छन् । यस फिल्ममा सलमानले निभाएको किरदार उनि भन्दा अघि अनिल कपुरलाई अफर गरिएको थियो । फिल्ममा निर्माताहरुले फिल्म बनाउने योजना गरेसंगै यो फिल्ममा अनिललाई खेलाउने विचार गरेका थिए । फिल्मको कस्ट नै निश्चित नभई सलमानलाई गेस्ट अपीयरेन्समा आउने खोशाना भयो । तर, पछि सलमान नै मुख्य भूमिकामा देखिने भएका छन् । यस फिल्ममा सलमान संगै उनका ज्वाई आयुष शर्मा पनि मुख्य भूमिकामा देखिएका छन् । यो एक्सन थ्रिलर फिल्म महेश मान्जरेकरले निर्माण गरेका हुन् । यो फिल्ल्म मराठी फिल्म 'मुलशी पैटर्न' को रिमेक हो । यो फिल्ल्म हिन्दी, तेलुगु, कन्नड र उडिया भाषामा रिलिज हुनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update