हिमाल दैनिक
रणवीरको 'सर्कस'मा दिपिका 'मीनम्मा' को भूमिकामा देखिदै
rohit-shetty-ranveer-deepika-759
बलिउड अभिनेता रणवीर सिंहको अब 'सर्कस' फिल्म आउन लागेको छ । रोहित शेट्टीको निर्देशनमा बन्न लागेको 'सर्कस' फिल्मलाई लिएर एउटा खबर बाहिरिएको छ । सर्कस फिल्ममा रणवीरकी श्रीमती दिपिका पादुकोण पनि देखिने बताइएको छ । सन् २०१३ मा रोहितको फिल्म 'चेन्नई एक्सप्रेस' मा 'मीनम्मा' को भूमिकामा देखिएकी दिपिका पुन: त्यही भूमिकामा देखिने भएकी छन् । यस फिल्ममा दिपिकाको कैमियो रोल हुनेछ । यो फिल्म विलियम शेक्सपियरको नाटक 'द कमेडी अफ एरर्स' मा आधारित रहेको छ । यस फिल्ममा रणवीर र दिपिका बाहेक वरुण शर्मा, पुञ्ज हेगड़े र जैकलीन फर्नांडीज मुख्य भूमिकामा देखिने छन् । यो फिल्म भने सन् २०२२ मा रिलिज हुने बताइएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update