एमालेको अवरोध आज जारी रहने, काँधमाथि नचढ्न र मर्यादापालकलाई नटोक्न ओलीको निर्देशन
                        
                        
                                                
                                            
                        नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता दखिएको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पारेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीले कारवाही सिफारिस गरेका सांसदलाई कारवाही नगरेर सभामुखले एमाले बिभाजनमा भूमिका खेलेको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पारेका हुन्। उनले भने,’अवरोध जारी रहन्छ र जारी राख्नुपर्छ । ‘
उनले सभामुखबाट पदको दुरुपयोग भएको आरोप लगाए । ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिए । नारा लगाउने र वेल घेर्ने भन्दा बाहिर जान नहुने भन्दै उनले सभामुखलाई माइकले हान्ने योजना नरहेको बताए । उनले भने,’मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन । कतिपय साथीहरुले बोलेको कुरा पनि सुनेँ । माइक हान्ने योजना थियो । त्यस्तो थिएन । त्यस्तो कुरा मिडियामा बोल्नुहुँदैन । काँध चढेर माथि नजानुहोला ।”
उनले मर्यादापालकले नै विरोध गर्ने ठाँउ नदिएर वेल कव्जा गरेको जिकिर गरे । त्यस्तै अध्यक्ष ओलीले बोल्न नदिएर सरकारले तानाशाहको व्यवहार देखाएको आरोप लगाए ।
उनले बजेटको प्रतिस्थापन बिधेयकमा केहि नयाँ कुरा नआएको बताए । पूर्वाधारण बिकास र आयोजनामा सरकारको कुनै चासो नदेखिएको उनले बताए । उमले भ्रष्टचारलाई प्रश्रय दिन मापदण्डबिपरित रकम बाड्ने योजना सरकारले ल्याएको धारणा राखे ।
(अपडेट गरिएको)
                        
                    
                प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    