आजको संसद बैठकमा अध्यक्ष ओली उपस्थित नहुने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा आज प्रतिनिधि सभाको बैठकमा उपस्थित नहुने भएका छन्। अध्यक्ष ओली आज आफ्नो गृह जिल्ला झापा जान लागेका हुन्।
झापाको विर्तामोड सिटी सेन्टरमा एमालेले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला योजना गरेको छ। अध्यक्ष ओली उक्त कार्यक्रममा सोम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनि आज ११ बजे भद्रपुर बिमंस्थान आइ पुग्नेछन्।
त्यस्तै आज बस्ने प्रतिनिधिसभाको बैठकमा बजेटकाे प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षकाे तयारी छ भने त्यसलाई जसरी पनि राेक्ने रणनीतिमा नेकपा (एमाले) छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय