हिमाल दैनिक
अफगान रेस्क्यू मिशन मा आधारित फिल्म 'गरुड़'
garud
अफगानिस्तानमा तलिबानीले कब्जा गरेको बिषयमा फिल्म बन्ने भएको छ । बलिउड फिल्ममेकर अजय कपुर र सुभास कालेले अफगानिस्तानमा तलिबानीको कब्जा पछि उद्धारको बिषयमा 'गरुड' फिल्म बनाउने घोषणा गरेका हुन् । यो फिल्म भारतको स्वतन्त्रता दिवसको दिनमा रिलिज हुने बताइएको छ । यो फिल्म अफगानिस्तानमा रेस्क्यु मिसनमा आधारित हुनेछ । फिल्म अजय कपुर प्रोडक्सन र विक्रान्त स्टुडियोको ब्यानर मा निर्माण हुनेछ । फिल्मको निर्देशक र कास्टको घोषणामा छिटै नै गर्ने कपुरले बताएका छन् । https://www.youtube.com/watch?v=74cJs_2kkSM यो फिल्म ठुलो बजेटमा बन्ने बताइएको छ जसमा अफगानिस्थानमा तालिबानको कब्जा पछि मानिसहरु देश छोड्नलाई आफ्नो ज्यान नै जोखिममा राखेका थिए । निर्माताले यसको मोसन पोस्टर पनि रिलिज गरि सकेको छ । पोस्टरमा भारतीय बायु सेनाको इकाई गरुड कमान्डो फोर्समा एक अधिकारीको कहानीमा आधारित रहने छ । गरुड फोर्स अफगान रेस्क्यु मिशनमा सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update