हिमाल दैनिक
निर्देशक बिशाल भारद्वाजको फिल्ममा तब्बु
Tabu-and-Vishal-Bhardwaj
बलिउड अभिनेत्री तब्बु निर्देशक बिशाल भारद्वाजको फिल्ममा देखिने भएकी छिन् । तब्बु अहिले 'भुल भुलैया -२' को शुटिंगमा ब्यस्त छिन् । यस फिल्ममा तब्बु सहित कार्तिक आर्यन, कियारा अडवाणी मुख्य भूमिका मा रहेकी छिन् । त्यस्तै अब निर्देशक बिशाल भारद्वाजले तब्बुलाई आफ्नो आउने फिल्ममा कास्ट गर्ने बताइएको छ । बिशालसंग तब्बुको यो तेस्रो फिल्म हुनेछ । यस अघि उनले बिशालसंग 'मकबूल' र 'हैदर' मा कम गरि सकेकी छिन्। यो फिल्म एक्सन ड्रामा हुनेछ । यस प्रोजेक्टमा तब्बु संग अलि फजल लाई पनि साइन गरिएको बताइएको छ । निर्माताहरुले यस फिल्मका लागि मसुरीमा शुटिंग गर्ने बताइएको छ । यो फिल्मको शुटिंग यस बर्षको अन्तिम देखि सुरु हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update