हिमाल दैनिक
सनी देओल-अमीषा पटेलको 'गदर-२' आउदै
gadar
सन् २००१ मा रिलिज भएको बलिउड फिल्म 'गदर' को दोश्रो पार्ट ल्याउने तयारी गरिएको छ । अनिल शर्माले निर्देशन गरेको गदर फिल्ममा सानी देओल र अमिषा पटेल मुख्य भूमिकामा देखिएका थिए, जसलाई दर्शकले निकै रुचाएका थिए । दोश्रो पार्टमा पनि दर्शकहरुले सनी र अमिषालाई फेरी एकै साथ ठुलो पर्दामा देख्ने छन् । यस संगै निर्देशक अनिलका छोरा उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा देखिएन छन् । उत्कर्ष जिनियस फिल्मबाट बलिउड डेब्यु गरेका थिए । उत्कर्षले यस फिल्ममा सनी र अमिषाको छोराको किरदार निभाउने बताइएको छ । सन् २००१ मा रिलिज भएको गदर फिल्म भारत र पाकिस्तानको पाटीसन भएसंगै मुस्लिम र शिखबीचको द्वोंदको बारेमा देखाइएको थियो।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update