हिमाल दैनिक
सलमान खानको फिल्म अन्तिम अब सिनेमा हलमा नै रिलिज हुने
rashmi-rocket-tapsee-pannu
बलिउड अभिनेता सलमान खान स्टारर फिल्म "अन्तिम:द फाइनल ट्रुथ" अब सिनेमाहलमा रिलिज हुने भएको छ । पछिल्लो समय अन्तिम ओटिटी प्लटफर्ममा रिलिज गर्ने बताइएको थियो । तर अब निर्माताहरुले अन्तिम सिनेमा हलमा नै रिलिज गर्ने फैसला गरेका छन् । फिल्मका निर्देशक महेश मांजरेकरका अनुसार यो फिल्म थिएटर लागि बनेको हो । महाराष्ट्रमा सिनेमाहल यही अक्टुवरमा खुल्दैछ। सिनेमा हल खुलेपछि दिवालीमा फिल्म रिलिज गर्ने मांजरेकरले बतेका छन् । यस भन्दा अघि यो फिल्म दशैँमा रिलिज गर्ने बताइएको थियो । फिल्ममा सलमान खान बाहेक आयुष शर्मा मुख्य किरदारना रहेका छन् । फिल्ममा सलमान पुलिसको किरदारमा र आयुष ग्यांगस्टारको किरदारमा देखिएका छन् । अन्तिम फिल्म मराठी फिल्म "मुल्शी पैटर्न" को हिन्दि रिमेक हो । यो फिल्म हिन्दी, तमिल,लुगु, कन्नड़ र उड़िया गरि पांच भाषामा रिलिज हुँदै छ । यो फिल्म सलमान खानकै होम प्रोडक्सन 'सलमान खान फिल्म्स' ले निर्माण गरेको हो।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update