हिमाल दैनिक
बलिउड अभिनेत्री तापसी पन्नुको फिल्म 'रश्मि रकेट' को ट्रेलर सार्बजनिक भएको छ । रश्मि रकेटको ट्रेलर तपसीले आफ्नो समिजिक संजाल मार्फत सार्बजनिक गरेकी हुन् । ट्रेलरमा तपसीको किरदार निकै रुचाइएको छ । तपसी यो फिल्ममा एथलिटको किरदारमा देखिएकी छिन् । यो फिल्ल्म स्पोर्ट्स फिल्म हो । जसमा एथलेटिक्समा प्रचलित एक परम्पराको बिरुद्ध कानुनी लडाईको कथा यस फिल्ममा देखाइएको छ । रश्मि राकेट आकर्ष खुरानाले निर्देशन गरेका हुन् । यो फिल्म १५ अक्टुबरमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ। यो फिल्म रानी स्क्रूवाला, नेहा आनन्द र प्रांजल खंडड़ियाले निर्माण गरेका हुन् । यो फिल्म नन्दा पेरियासामीको कहानीमा आधारित रहेको छ ल यो फिल्म पेरियासामी, अनिरुद्ध गुहा र कनिका ढिल्लोंले लेखेका हुन् ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update