हिमाल दैनिक
इनविजिबल वुमनमार्फत ओटिटीमा डेब्यु गर्दै सुनिल शेट्टि
suniel-shetty-
बलिउड अभिनेता सुनिल शेट्टि ओटीटीमा आफ्नो डेब्यु लागेका छन् । सुनिलले 'इनविजिबल वुमन' नामक वेब सिरिज मार्फत ओटिटि प्लाटफोर्ममा डेब्यु गर्न लागेका हुन्। तमिल निर्देशक राजेश एम. सेल्वाको यो एक्सन थ्रिलर सिरिजमा सुनिलसंग अभिनेत्री ईशा गुप्तको पनि मुख्य भूमिका रहेको छ । इनविजिबल वुमन चाडैं नै ओटिटीमा रिलिज हुँदैछ । ६० बर्षीय सुनिलले आफ्नो सामाजिक संजाल मार्फत ओटिटिमा डेब्यु गर्न लागेको खबर सार्बजनिक गरेका थिए। सुनिललाई यो वेब सिरिजको कथा मान गरेपछि यस सिरिजमा काम गर्न राजी भएका थिए । सुनिलले आफ्नु ओटिटिको दुनियामा आउन राम्रो प्रोजेक्टको पर्खाइमा रहेको र इनविजिबल वुमनमार्फत डिजिटल दुनियामा आउने सहि कदम रहेको बताए । यस भन्दा अघि सुनिल शेट्टी संजय गुप्ताको फिल्म मुंबई सागामा देखिएका थिए ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update