हिमाल दैनिक
जोन अब्राहमको 'अटैक' फिल्म जनवरीमा रिलिज हुने
john abraham attack
बलिउड अभिनेता जोन अब्राहमको फिल्म 'अटैक' २६ जनवरीमा रिलिज हुने भएको छ । जोनले बिहिबार फिल्मको रिलिज डेटको घोषणा गरेका थिए । अटैक एक एक्सन फिल्म हो । जोनसंग यस फिल्ममा जैकलीन फर्नांडीज र रकुल प्रीतको पनि मुख्य भूमिका रहेको छ । लक्ष्य राज आनन्दको निर्देशनमा भनेको यो फिल्म यस अघि १४ अगस्त, २०२० मा रिलिज हुन लागेको थियो । तर, कोरोनाको महामारीका कारण यो फिल्मको रिलिज डेट पछि सारिएको थियो । फिल्मको प्रोडक्सन अब्राहम, जयंतीलाल गड़ा र अजय कपूरले गरेका हुन् । यसै बीच जोनले हालै मोहित सुरीको एक भिलेन रिटर्न्सको डेट पनि सार्बजनिक गरिकेका थिए । एक भिलेन सन् २०२२ को जुलाईमा रिलिज हुनेछ। त्यस्तै जोन मिलाप मिलन जावेरीको सत्यमेव जयते -२ मा पनि देखिने छन् । यो फिल्म २६ नोवेम्बर, २०२१ मा रिलिज हुँदैछ ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update