हिमाल दैनिक
भुल भुलैया-२ मा कार्तिक आर्यन 'सस्ता अक्षय कुमार'!
bhul-bhulaiyaa-2
बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म 'भूल भुलैया २' चाडैं नै रिलिज हुँदैछ । फिल्मका निर्माताहरुले यस फिल्मको पहिलो मोसन पोस्टर रिलिज गरेका छन् । मोसन पोस्टर रिलिजसंगै दर्शकहरु दुई खेमामा बाढीएका छन् । एक पक्ष कार्तिकको पक्षमा लाग्दै कार्तिकको प्रशंसा गरेका छन् भने अर्का पक्षले उनलाई अक्षय कुमारसंग तुलना गर्दै सस्तो अक्षय कुमारको संज्ञा दिएका छन्। सामाजिक संजालमा लगातार ट्रोल भएका कार्तिकको बचाऊमा अहिले निर्देशक अनिज बज्मी अघि सरेका छन् । भारतीय एक मिडियासंग कुरा गर्दै निर्देशक अनिजले कार्तिक र अक्षयको एउटै गेट अपका बारेमा बोलेका छन्। उनले एउटै टाइटलको फिल्म बन्दा दर्शकहरु अघिल्लो फिल्मको केहि झलक देख्न चाहन्छन्। उनले फिल्ममा कार्तिकलाई अक्षय जस्तै हुबहु त्यही आउटफिट दिएको बताए। उनले कार्तिकको बचाऊ गर्दै यो फिल्म यस अघिको भुल भुलैया जस्तो नरहेको बताएका छन् । उनले आफु निर्देशक हुँदै यो फिल्म बनाउदा दुइटा कुरा ध्यानमा राखेको बताए। एक यो फिल्मले यस अघिको भुल भुलैयाको याद दिलाओस र दोश्रो यस अघिको भुल भुलैया जस्तो नहोस । उनले यो दुईटा कुरालाई ध्यानमा राखेर फिल्म बनौन निकै कठिनाई भएको बताए । उनले यो फिल्ममा कार्तिकको लुक्सका लागि निकै काम गरेको बताए। भारतमा २२ अक्टुवरदेखि मात्र फिल्महल खुल्दै छन् । कमेडी र ड्रामाले भरपुर यस फिल्मको २५ मार्च सन् २०२२ मा रिलिज हुँदैछ। यस फिल्ममा आर्यन संग तब्बु, कियर र राजपाल यादव मुख्य भूमिकामा देखिनेछन् ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update