हिमाल दैनिक
शाहरुख खानको छोरा आर्यनको बचाऊमा आए सुनिल शेट्टी
sunil-shetty-aryan-khan
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा पक्राउ परेका छन् । शनिबार साँझ एनसीबीले मुम्बई बाट गोवा जादै गरेको क्रुजमा चलि राखेको हाइप्रोफ़ाइल रेव पार्टीमा छापा मार्दा शाहरुखका छोरा आर्यन खान पनि पक्राउ गरेका थिए । शनिबार साँझ नै आर्यनलाई सोधपुछका लागि हिरासतमा राखिएको थियो । २२ घण्टासम्म चलेको सोधपुछ पछि उनलाई मेडिकल टेस्ट गरेको थियो र अहिले पछि हिरासतमा रहेका छन् । । यस बिषयमा एनसीबीको अनुसन्धान जारी छ । बलिउड अभिनेता सुनिल शेट्टि आर्यनको बचाऊमा उत्रिएका छन्। सुनिलले यस बिषयमा एक कार्यक्रममा भनेका छन्,'जब कतै रेड हुन्छ त्यहा भएका सबैजनैलाई हिरासतमा लिने गरिन्छ । यसमा अब सबैको रियाक्सन आउछ कि यसले ड्रग सेवन गरेकै हो । मलाई के लाग्छ भने अहिले अनुसन्धान जारी छ । त्यो बच्चा केहि समय दिनुस । रिपोर्ट आउन दिनुस।।' त्यस्तै उनले बलिउडमा केहि भयो भने मिडिया सम्बन्धित ब्यक्ति बिरुद्ध खनिने गरेको बताए । उनले आर्यनलाई एक मौका दिन र सत्य तथ्य के हो अघि आउन दिन अनुरोध गरेका छन् । मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रूजमा आयोजित ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो। आठमध्ये तीन जनालाई एनसीबीले सोधपुछ अदालतमा पेस गरेको थियो। अदालतको अनुमतिपछि तीनै जनालाई एनसीबीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतीश मानेशिंदेले जमानत माग गरेका थिए। तर, मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update