हिमाल दैनिक
सामन्थाले अस्विकार गरे २०० करोडको एलिमनी
Samantha and Naga Chaitanya divorce
साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन्। शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । चैतन्यले समन्थालाई २०० करोडको मैरिज एलिमनी दिने प्रस्ताब गरेका थिए। तर, समन्थाले चैतन्यको उक्त प्रस्ताब अस्विकार गरेकी छिन् । उनले आफुलाई उक्त रकम आवश्यक नरहेको बताईन । चैतन्यसंग अलग भएसंगै समन्था अहिले काममा ब्यस्त छिन् । उनि केहि प्रोजेक्टमा अहिले काम गर्दै छिन् । नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग विवाह गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update