हिमाल दैनिक
शाहरुख खानका छोरा ७ अक्टुबरसम्म एनसीबी कस्टडीमा
aryan-khan
लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यन ७ अक्टुबरसम्म एनसीबीको हिरासतमा रहने भएका छन् । सोमबार मुम्बईको किला कोर्टमा भएको सुनिवाईमा एनसीबीले ११ अक्टुबरसम्म रिमाण्डमा राख्ने अनुमति मागेको थियो । तर, कोर्टले आर्यन र उनिसंग गिरफ्तार भएका अरबाज मर्चेंट र मुनमुन धमीजालाइ ७ अक्टुबरसम्म मात्र हिरासतमा राख्ने अनुमति दिएको छ । आर्यनसंगै पक्राउ परेका विक्रांत छोकर, इश्मीत सिंह, नुपुर सारिका, गोमित चोपड़ा र मोहक जसवालपनि ७अक्टुबर सम्म एनसीबीको रिमाण्डमा पठाईएको छ । एनसीबीले कोर्टलाई आर्यन र उनको साथीहरुबाट लागुऔषध बरामद भएको जानकारी दिएको थियो । सुनुवाईको क्रममा १३०० जना मध्य केवल केहि ब्यक्ति माथि मात्र किन कारबाही गरिएको भन्ने प्रश्न उब्जिएको थियो । आर्यनका वकिल सतीश मानशिंदेले आर्यन क्रुजमा ड्रग्स बेच्न नगएको उल्लेख गरे। उनले आर्यन चाहे पुरै क्रुज नै किन्न सक्ने हैसियत रहेको तर्क दिए । त्यस्तै, मानशिंदेले आर्यनको टेस्ट गर्नु छ भने क्रुजमा रहेका बाँकी हजार जनाको पनि जांच गर्न कोर्ट सामु माग गरेका थिए । सोमबारको सुनुवाई पछि किला कोर्टले एनडीपीएस एक्ट बमोजिम कसैलाई पनि जमानत नदिने बताएको थियो । त्यस्तै सबै आरोपीलाई हिरासतमा पठाउन आदेश दिएको थियो। यस अघि एनसीबी ले आर्यनको फोनबाट आपतिजनक कन्टेन्ट बरामत गरेको थियो । उनको च्याटमा लागु औषध खरिद-बिक्रिका लागि योजना गर्दै गरेको देखिएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update