हिमाल दैनिक
विराटनगर विमानस्थल डुबानमा
biratnagar-airport
अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल डुबानमा परेपछि हवाई उडान र अवतरण बन्द गरिएको छ । विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबार देखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ । विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भुभाग डुबानमा परेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । बुधवार बिहान सवा ६ बजे देखि विमानस्थलमा बस्ता पैनीको पानी र अन्य क्षेत्रको वर्षातको पानी विमानस्थलमा पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए। उनले विमानस्थलमा पानी भरिएकाले एयरपोर्ट संचालन हुने टुङ्गो नभएपनि मौसम सफा हुदै गए तथा एयरपोर्टको पानी सुक्दै गए बिहिवार देखि एयरपोर्ट संचालन गर्न सकिने जानकारी दिए । डुबानका कारण भएको क्षति अझै सम्म यकिन गर्न नसकिएको उनले बताए । डुबानका कारण विमानस्थलमा भएको क्षति बारे यकिन गर्न केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update