वेमौसमी बर्षाले कपिलवस्तुमा ८ हजार हेक्टर क्षेत्रको धान वालीमा क्षति

कपिलवस्तुमा वेमौसमी बर्षाले काटने तयारी अवस्थामा रहेको ८ हजार हेक्टर क्षेत्रको धान वालीमा क्षति भएको छ ।
यस बर्ष ७ प्रतिशत धान उत्पादनमा बृद्धि हुने अनुमान गरीरहेको बेला आईतवार देखि ४ दिन सम्म परेको बेमौसमी बर्षाले जिल्ला कै प्रमुख धान बालीमा क्षति पुगेको हो । आईतवार देखि परेको अबिरल बर्षाले धान स्याहर्नकालागि खेतमा काटेर राखिएको धानमा क्षति नोक्सानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख राबिन्द्र चौबेले बताएका छन् ।
प्रारंभिक बिवरण अनुसार जिल्लाका १० पालिकामा कुल ८ हजार हेक्टरमा लगाईएको धान बालीमा नोक्सानी भएको उनले बताउनुभयो । स्याहार्न तयारी अवस्थाका धानबाली पानीले भिजेपछि किसान चिन्तित बनेका छन् ।
काटेर खेतमै छाडेका धान भिज्दा स्यार्हान, दाउन समस्या भएको छ ।अर्ली भेराईटी धान बालीमा बढि नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्र चोबेले छिटो हुने प्रजातिका धान नोक्सान भएको बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय