हिमाल दैनिक
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मन्त्री झाँक्रीलाई ज्वरो र रुघा देखिपछि बुधबार राति वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनमा सामान्य प्रकृतिको निमोनिया देखिएको छ । अहिले उनको अवस्था सामान्य रहेको र अहिले भिआइपी उपचारकक्षमा राखेर उनको उपचार भईराखेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८